+
+
Shares

गाजा नियन्त्रण गर्ने इजरायली निर्णय गलत : बेलायती प्रधानमन्त्री स्टार्मर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रिटेनका प्रधानमन्त्री कियर स्टार्मरले इजरायलको गाजामा नियन्त्रण गर्ने निर्णयलाई गलत भन्दै पुनर्विचार गर्न आग्रह गरे।
  • स्टार्मरले गाजामा तत्काल युद्धविरामको आवश्यकता रहेको र मानवीय सङ्कट गम्भीर बन्दै गएको बताए।

काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजामा नियन्त्रण गर्ने निर्णय गरेकोप्रति ब्रिटेनका प्रधानमन्त्री कियर स्टार्मरले प्रतिक्रिया जनाएका छन्।

स्टार्मरले इजरायलको यो निर्णयलाई गलत बताउँदै यसबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल एक्समा एक सन्देश पोस्ट गर्दै उनले भने, ‘गाजामा आफ्नो आक्रमणलाई अझै विस्तार गर्ने इजरायली सरकारको निर्णय गलत हो। हामी यसमा तुरुन्त पुनर्विचार गर्न उनीहरूलाई आग्रह गर्दछौं।’

स्टार्मरले गाजामा तत्काल युद्धविरामको आवश्यकता रहेको बताएका छन्।

उनले थपेका छन्, ‘गाजामा मानवीय सङ्कट दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरू भयावह र अमानवीय परिस्थितिमा राखिएका छन्। हामीलाई अहिले युद्धविराम आवश्यक छ।’

यसअघि, शुक्रबार बिहान इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गाजामा नियन्त्रण गर्ने योजनालाई स्वीकृति दिएको थियो।

नेतन्याहूले बिहीबार ‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘हामी गाजामा पूर्ण नियन्त्रण गर्न चाहन्छौं। आफ्नो सुरक्षाका लागि हामी त्यहाँबाट (गाजा) हमासलाई हटाउन चाहन्छौं… हामी गाजालाई हमासको आतङ्कबाट मुक्त गर्न चाहन्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?