+
+
Shares

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक भदौ ४, ५ र ७ गते बोलाएको छ।
  • केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा बिहान ११ बजे सुरु हुनेछ।
  • पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि पार्टीभित्र विवाद चुलिएको छ।

२४ साउन, काठमाडौं । एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहका बैठक बोलाएको छ ।

पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

पार्टी महासचिव घनश्याम भूसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ र ७ गते बोलाइएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा हुनेछ ।

केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ ।

सबै बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् ।

पतञ्जलि जग्गा प्रकरणमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीमा समस्या आएको छ ।

मुद्दा दर्ता हुँदा पनि नेपाल पार्टी नेतृत्वमा रहेको भनी प्रश्न उठेपछि विवाद चुलिएको हो । यसै विषयलाई लिएर नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने सम्मानित नेता झलनाथ खनाल र नेपालबीच कडा सवालजवाफ चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?