+
+
Shares

जनैपूर्णिमामा बटुकहरुको स्नान (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १०:४७

काठमाडौं । आज जनैपूर्णिमा हिन्दू धर्माबलम्बले हातमा रक्षाबन्धन मानेर मनाउँछन् । ब्राम्हण, क्षेत्रीलगायतका तागाधारीले जनै फेर्छन् ।

काठमाडौं उपत्यकाका मन्दिरहरुमा शनिबार रक्षाबन्धन बाँध्नेहरुको घुइँचो लागेको छ ।  बाटोमा रक्षाबन्धन बाँध्न बसेका ब्राम्हणहरुसँग रक्षाबन्धन बाँध्ने, जनै फेर्ने गरेर गच्छेअनुसार दक्षिणासमेत दिने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा रक्षाबन्धनको दिन ठूलो घुइँचो थियो । त्यस्तै पशुपतिनाथ मन्दिर नजिकैको राममन्दिरमा बटुकहरुले नुहाइधुवाइ गरेको, जनै फेरेको दृश्य पनि रोचक थियो ।

संस्कृत विषय अध्ययन गरेका उनीहरुले नुहाइ धुवाइ गरी विशेष मन्त्र जपेर जनै फेर्ने र रक्षाबन्धन बाँध्ने काम गरे ।

तस्वीरहरु : चन्द्रबहादुर आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?