+
+
Shares

हाँडीगाउँका सम्पदालाई पुरानै अवस्थामा फर्काउँदैछौं : अध्यक्ष प्रजापति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १८:०९

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौं महानगरपालिका, वडा नम्बर ५, हाँडीगाउँको नरदेवमा निर्माण गरी शुभारम्भ गरिएको हो ।

फल्चा उद्घाटन कार्यक्रममा बोल्दै कामनपा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले सांस्कृतिक शहर, सुन्दर महानगर बनाउने नीतिअनुसार आफूहरू अघि बढेको र सोही नीतिअनुसार हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको बताए ।

‘सांस्कृतिक शहर, सुन्दर महानगर बनाउने नीतिअनुसार अघि बढेका छौँ । हाँडीगाउँमा नेपालभर पहिलो मानव बस्ती यहाँबाट भएको इतिहास पाइन्छ,’ उनले भने, ‘हामी यसलाई जीवन्त दिने कोशिशमा छौँ । यो लिच्छविकालीन शहर हो । यहाँ भएका सम्पदा जुन अवस्थामा थिए, त्यही अवस्थामा फर्काउनुपर्छ भनेर लागेका छौँ ।’

उनले हाँडीगाउँ लिच्छविकालीन शहर भएकाले पनि यसको सम्पदा पुरानै अवस्थामा फर्काउने गरी आफूहरु लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?