
२६ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । सोमबारे व्रत लिएर शिवको पूजा गर्दै आएकाहरूले विधिपूर्वक व्रत समापन गर्दैछन् ।
अन्तिम सोमबार भएकोले आज देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो लागेको छ । काठमाडौंको पशुपति मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड छ ।
साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
सोमबारको दिन भिडभाड हुने भएकोले दर्शनार्थीका लागि पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4