
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तय गरेको छ।
- सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ सोमबार प्रतितोला १५ रुपैयाँले घटेर २३१५ रुपैयाँमा कारोबार भएको छ।
२६ साउन, काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ९९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । आज प्रतितोला २३१५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4