+
+
Shares

नेपाल लेदर क्राफ्ट र रोयल क्लास कलेक्सनलाई वाणिज्य विभागले तिरायो जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १२:०७

२७ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ उद्योग तथा फर्मलाई ६ लाख १५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले सोमबार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१ मा रहेको नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रालिलाई ३/३ लाख रुपैयाँ जरिबाना तिराएको हो । साथै विभागले दुवै कम्पनीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।

यस्तै ललितपुर– ५ मा रहेको मटर्निटी पसल प्रालिलाई १५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

ती उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।

यस्तै विभागले अनुगमन गरेका अन्य ६ वटा उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?