+
+
Shares

कोरियाबाट फर्केका नेपाली उद्यमीलाई उद्यमशीलता स्टार्टअप तालिम

धुलिखेल भिलेज रिसोर्टमा सुरु भएको ‘उन्नत उद्यमशीलता बुटक्याम्प’ ले उनीहरूको व्यावसायिक सोचलाई नेपाली परिवेशमा ढाल्दै दिगो पुनःस्थापना सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा ‘के–हामी’ परियोजनाले कोरियाबाट फर्केका नेपाली कामदारका लागि पहिलो स्थानीय उद्यमशीलता तालिम सुरु गरेको छ।
  • ‘उन्नत उद्यमशीलता बुटक्याम्प’ मा १४ जना सहभागीले पाँच दिनको तालिम लिइरहेका छन् र १० जना उत्कृष्टलाई ‘इन्क्युबेशन’ चरणका लागि छनोट गरिनेछ।
  • कोइका नेपालकी डेपुटी कन्ट्री डाइरेक्टर सुजिन योले ‘के–हामी’ परियोजनाले आप्रवासीहरूको स्थिर पुनःस्थापनामा सहयोग गरिरहेको बताउनुभयो।

२७ साउन, काठमाडौं। नेपाल–कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा सञ्चालित ‘के–हामी’ परियोजनाले कोरियाबाट फर्केका नेपाली कामदारहरूका लागि पहिलो स्थानीय उद्यमशीलता तालिम सुरु गरेको छ ।

धुलिखेल भिलेज रिसोर्टमा सुरु भएको ‘उन्नत उद्यमशीलता बुटक्याम्प’ ले उनीहरूको व्यावसायिक सोचलाई नेपाली परिवेशमा ढाल्दै दिगो पुनःस्थापना सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

‘कोरियाबाट फर्केका नेपाली आप्रवासीहरूको स्थिर पुनःस्थापनाका लागि चरणगत समर्थन प्रणाली सुदृढ गर्ने’ कोइकाको एक महत्वपूर्ण परियोजना हो । यो सन् २०२३ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत कार्यान्वयन भइरहेको छ । यसले कोरियाबाट फर्किने नेपालीहरूलाई उनीहरूको आप्रवासनको हरेक चरणमा सहयोग पुर्‍याउँदै सुरक्षित पुनःस्थापनामा गराउँदै आएको छ ।

यो बुटक्याम्प ‘रिटर्नी इनोभेटर्स फर नेपाल’ कार्यक्रमको एक हिस्सा हो, जसमा आप्रवासन पूर्व र पश्चात् गरी उद्यमशीलता विकासका पाँच चरणहरू समावेश छन् । ‘रीन’ कार्यक्रम The Bridge International, Merry Year Social Company -MYSC र Korean Federation of Community Credit Cooperatives (KFCC) द्वारा कार्यान्वयन भइरहेको छ । यसको उद्देश्य फर्किएका कामदारहरूलाई उद्यमशीलता तालिम दिनु र वित्तीय स्रोतहरूमा पहुँच बढाउनु हो ।

कार्यक्रमको पहिलो दुई चरण दक्षिण कोरियामा सम्पन्न भइसकेको छ, जहाँ ४८ जनाले आफ्नो व्यावसायिक विचार तयार पारेका थिए । तीमध्ये १० जनाले जुलाई २०२५ मा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।

नेपालमा आयोजित तेस्रो चरणको उन्नत बुटक्याम्पका लागि देशभरबाट १३३ आवेदन परेकोमा १४ जनालाई छनोट गरिएको थियो । पाँच दिने आवासीय तालिममा सहभागीहरूले व्यावसायिक सोच, मोडेल, न्यूनतम प्रयोगयोग्य उत्पादन, र प्रयोगकर्ता परीक्षणजस्ता विषयमा प्रशिक्षण लिइरहेका छन्, ताकि उनीहरूले लगानीकर्तालाई आकर्षित गर्न सकून् । तालिमको अन्त्यमा १० जना उत्कृष्ट सहभागीहरूलाई चौथो चरण, अर्थात् ‘इन्क्युबेशन’ का लागि छनोट गरिनेछ ।

साथै, आफ्नो व्यवसाय विस्तार गर्न चाहने र मेन्टरिङको खोजीमा रहेका थप १० जना व्यवसायीलाई पनि इन्क्युबेशन चरणका लागि छनोट गरिनेछ । यसरी कुल २० जना उद्यमीले २०८२ मङ्सिरसम्म नियमित मेन्टरिङ प्राप्त गर्नेछन् ।

कोइका नेपालकी डेपुटी कन्ट्री डाइरेक्टर सुजिन योले के–हामी परियोजनाले आप्रवासीहरूको स्थिर पुनःस्थापनामा खेलेको भूमिकाप्रति खुशी व्यक्त गरिन् । उनले के–हामी कार्यक्रममार्फत उनीहरूलाई सफल उद्यमी बनाउन, व्यावसायिक परिमार्जन गर्न र वित्तीय स्रोतमा पहुँच बढाउन सहयोग गरिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?