
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको बताएका छन्।
- बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित गरेको र पछिल्लो एक वर्षमा मात्रै २३ वटा विधेयक पारित भएको उल्लेख गरेका छन्।
- उनले प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा बनाएको भन्दा धेरै कानुन ओली नेतृत्वको सरकारले एक वर्षमा बनाएको दाबी गरेका छन्।
२७ साउन, काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको बताएका छन् ।
‘…हिजो यही संसद्का बिभिन्न रोष्ट्रमबाट र बिभिन्न तहबाट यो देश बंगलादेश बन्दैछ, श्रीलंका बन्दैछ भनेर आरोपित गर्ने विपक्षी दलको नेताको मुख अहिले टालिएको छ’, बर्तौलाले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने ।
१२ भदौ २०८१ मा संसद्मा बोल्दै बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकामा नागरिकले गरेको आन्दोलन र आन्दोलनमार्फत सरकार फेरिएको घटना स्मरण गरेका छन् ।
प्रचण्डको त्यही अभिव्यक्तिप्रति संकेत गर्दै बर्तौलाले सरकारले सुधारका काम गरेपछि आरोपित गर्नेहरू चुप लागेर बस्ने अवस्थमा पुगेको बताएका हुन् ।
अगाडि भनेका छन्, ‘जुन ढंगबाट सुधारका कामहरू, परिवर्तनका कामहरू, आशाका किरणहरू । जुन ढंगले लगानी र व्यवसायिक वातावरण बन्दैछ । निजी क्षेत्र उत्साहित हुँदैछन् । यसले हिजो आरोपित गर्नेहरू, भ्रमको खेती गर्नेहरूको मुख आज टालिएको छ’, मुख्य सचेतक बर्तौलाले भने ।
केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन निर्माणमा समेत प्रगति भएको उनले बताए । प्रतिनिधिसभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित भएको र पछिल्लो एक वर्षमा मात्रै २३ वटा विधेयक पारित भएको बताए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा बनाएको भन्दा धेरै कानुन केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमा बनाएको बताए ।
सरकारले कुरा नभएर काम गरिरहेको उनको दाबी छ ।
प्रतिक्रिया 4