+
+
Shares

विशेष चलचित्र पुरस्कार जितेको ‘सतीदेवी’ अमेरिकामा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘सतीदेवी’को विशेष प्रदर्शन आउँदो शनिबार अमेरिकाको भर्जिनियाको फेयरफ्याक्समा हुने भएको छ।
  • फिल्मले राष्ट्रिय चलचित्र अवार्ड २०८० मा विशेष चलचित्र पुरस्कार जितेको छ र अहिलेसम्म एक दर्जन अवार्ड पाएको छ।
  • निर्देशक लक्ष्मण सुवेदीले भर्जिनियापछि फिल्मको प्रदर्शन अन्य अमेरिकी राज्यहरूमा हुने जानकारी दिनुभयो।

काठमाडौं । फिल्म ‘सतीदेवी’को विशेष प्रदर्शन आउँदो शनिबार अमेरिकाको भर्जिनियामा हुने भएको छ । तीज पर्वको अवसरमा फिल्मको स्क्रिनिङ गर्न लागिएको आयोजक पुष्कर पन्तले जनाए ।

भर्जिनियाको फेयरफ्याक्समा फिल्म देखाउन लागिएको हो । फिल्म निर्माण, कलाकारिता र समाजसेवामा उत्तिकै सक्रिय पन्तले अवार्ड विजेता फिल्म भएकाले विशेष शो गर्न लागेको बताए ।

यसप्रकारका मौलिक अनि पारिवारिक फिल्म अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यतास्वरुप आफूले विशेष शो गर्न लागेको उनले बताए ।

उनले भने, ‘हामी जो जहाँ रहे तापनि नेपाली कला, संस्कृति, मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न पहलकदमी लिनैपर्छ । सोही उद्देश्यले फिल्म देखाउन लागेका हौं ।’

एभरेस्ट सूर्य बोहरा निर्देशित हिट फिल्म ‘ठूली’का निर्माता समेत रहेका पन्त आफूहरु ‘सतीदेवी’ हेर्न निकै आतुर रहेको बताउँछन् ।

चलचित्र विकास बोेर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड २०८० मा यो फिल्मले विशेष चलचित्र पुरस्कारको विधा जितेको थियो । अहिलेसम्म एक दर्जन उत्कृष्ट अवार्ड जितेको छ ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँको अभिनय छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्मातामा दिलासा, सारा, श्रीदेवी र बिशाल सुवेदी छन् ।

निर्देशक सुवेदीले भर्जिनियापछि फिल्मको प्रदर्शन अन्य अमेरिकी राज्यहरूमा हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?