
लिल झोला (बायाँ) र भिटेन ।
News Summary
Generated by OK AI. Editorially reviewed.- लिल झोलाको मासिक श्रोता संख्या स्पोटीफाईमा १ लाख २५ हजार ४०० पुगेको छ, जसले भिटेनलाई उछिनेको छ।
- भिटेनका मासिक श्रोता संख्या १ लाख १८ हजार रहेको छ।
- लिल झोलाको मासिक श्रोता संख्या बढ्नुमा उनको गीत 'माया जालैमा'लाई मुख्य कारण मानिएको छ।
- 'माया जालैमा' गीतलाई स्पोटीफाईमा झण्डै १४ लाख पटक सुनेको छ।
काठमाडौं । यतिबेला नेपाली हिपहप संगीतमा लिल झोलाको चर्चा गर्माएको छ । वास्तविक नाम आकाश क्षेत्री रहेका उनलाई कतिपयले उदीयमान स्टारको रुपमा चर्चा गरिरहेका छन् ।
यो चर्चाबीच, लिल झोलालाई लिएर नयाँ खबर छ । संगीतको विश्वचर्चित प्लाटफर्म स्पोटीफाईका मासिक श्रोता संख्यामा लिल झोलाले अर्का चर्चित नेपाली हिपहप कलाकार भिटेनलाई उछिनेका छन् ।
अहिले स्पोटीफाईमा लिल झोलाका मासिक श्रोता संख्या १ लाख २५ हजार ४०० छन् भने भिटेन (समीर घिसिङ)का १ लाख १८ हजार छन् । पछिल्लो महिना लिल झोलाले भिटेनलाई स्पोटीफाईमा उछिनेका हुन् ।
लिल झोलाको मासिक श्रोता संख्या ह्वात्तै बढ्नुमा उनको पछिल्लो गीत ‘माया जालैमा’लाई मानिएको छ । तन्नेरी पुस्तामाझ चर्चित यो गीतलाई अहिलेसम्म स्पोटीफाईमा झण्डै १४ लाख पटक सुनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4