
News Summary
Generated by OK AI. Editorially reviewed.- र्याप गायक भिटेनले सेतो लामो बाहुलाको शर्ट र ओभरसाइज रिप्ड जिन्स लगाएर नयाँ लुक्स सार्वजनिक गर्नुभएको छ।
- भिटेनका पछिल्ला गीतले अपेक्षित ख्याति पाउन सकेका छैनन् तर उनको स्टाइलको चर्चा बढी छ।
- भिटेनले सन् २०१९ मा पहिलो एल्बम 'भ्वाइस अफ द स्ट्रिट्स' ल्याउनु भएको थियो जसका गीतहरू हिट भएका थिए।
काठमाडौं । र्याप गायक भिटेन आफ्ना बोल्ड शब्द र स्वच्छ गायनका लागि युवापुस्तामा परिचित छन् । उनले सोसल मिडियामा सार्वजनिक गरेको एक फोटो यतिबेला चर्चामा छ ।
नेपाल र विदेशस्थित फ्यानले भिटेनको नयाँ लुक्सको फोटोको चर्चा गरिरहेका छन् ।
‘गुड टाइम्स’ क्याप्सन लेखिएको तस्वीरमा उनी बादल फैलिएको आकाशको पृष्ठभूमिमा, छतमा आत्मविश्वासका साथ बसिरहेको देखिन्छ । सेतो लामो बाहुलाको शर्ट, ओभरसाइज रिप्ड जिन्स, क्लासिक सेतो स्नीकर र गह्रौं चेन र सिग्नेचर ट्याटूमा उनी सजिएका छन् ।
पछिल्लो समय भिटेनका गीत धमाधम रिलिज त भैरहेका छन् तर, उनका गीतले अपेक्षित ख्याति पाउन सकिरहेका छैन्न । उनले हालैका महिनामा केही गीत त सार्वजनिक गरे तर, ती गीतको चर्चा खासै भएन ।
पछिल्लो समय उनका गीतभन्दा उनको स्टाइलको चर्चा धेरै हुने गर्छ । भिटेन पछिल्लो समय विभिन्न मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय टूरमा सहभागी भैरहेका छन् ।
सन् २०१९ मा उनले ल्याएको पहिलो एल्बम ‘भ्वाइस अफ द स्ट्रिट्स’का गीत निकै हिट भए । यात्रा, हामी यस्तै त हो नि ब्रो र पारा हिट रहे । सन् २०२० मा उनले ‘सुपरस्टार’ एल्बम ल्याए ।
सन् २०२२ मा उनले ‘ब्याड ब्याड ब्याड’ ल्याए । पछिल्लो समय उनले सिंगल ट्रयाकहरू सार्वजनिक गरिरहेका छन् ।
प्रतिक्रिया 4