+
+
Shares

कांग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर एक जनाले सुनाए : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते २०:४३

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैमात्र आफूलाई एक जना मान्छेले भेटेर नेपाली कांग्रेसको संसदीय दलको नेता फेर्नेगरी कसरत भइरहेको जानकारी गराएको बताएका छन् ।

तर, यस्ता कुराहरू हल्लामात्र भएको भन्दै यस्ता कथा सुन्दा सुन्दै कान टट्याइसकेको बताएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो– नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाए,’ प्रधानमन्त्री ओलीले भने ।

यस्ता कथाहरू बेला बेला आइरहने भन्दै बेला बेलामा संस्करणहरू आइरहने तर संशोधन केही नहुने प्रधानमन्त्री ओलीले बताए ।

‘यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए ।

मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न पनि आग्रह गरे ।

०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि कांग्रेसले बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।दुवै पार्टीको बहुमत आउन नसके कांग्रेस र एमाले मिलेरै सरकार बनाउने बताए ।

‘अरु अढाई वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरू यो नठान्नुस् की कोही अर्को । तपाईंहरूलाई अहिले नै भनिदिन्छु,’ ओलीले भने, ‘कि एमालेले बनाउँछ, एमालेले बनाएन भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले–कांगेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?