+
+
Shares

द्रूतमार्ग बनाउन चीनले यसरी ताछ्यो पहाड (भिडियो सहित)

यदि पहाड नै पूरै ताछ्न सकिन्छ भने राजमार्ग निर्माण गर्दा किन पो सुरुङ बनाउनुपर्दो रहेछ र ? चीनको गुइझोउ प्रान्तमा रहेको लुआन द्रूतमार्ग यसको प्रमाण हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते २१:१५

काठमाडौं । चीनको लुआन एक्सप्रेसवेका तस्वीरहरू अहिले संसारभर इन्टरनेटमा भाइरल बनिरहेका छन् । सो चौडा तथा अबरोध विनाको द्रूत राजमार्ग निर्माणका क्रममा चीनले अग्ला पहाडहरू यसरी ताछेर सिधा सडक बनाएको छ कि जो कोही आश्चर्यचकित बन्दछ ।

पहाडमा उक्त द्रूतमार्ग निर्माण गर्दा न त अग्ला अग्ला टावरका पुल हालिएको छ, न त सुरुङ नै खनिएको छ । त्यहाँ पहाड स्वात्तै ताछिएको छ र त्यहीँबाट चौडा बाटो निकालिएको छ ।

भौगोलिक रुपमा गुइझोउ प्रान्तमा ९२ प्रतिशत पहाड तथा भिर रहेको छ । यसले प्राकृतिक छटा त राम्रै देखिन्छ, तर यातायात सञ्चालन निकै कठनि हुन्छ ।

यस्तोमा लुआन द्रूतमार्ग र सोही राजमार्गमा रहेको विश्वकै अग्लो हुआजियांग ग्राण्ड क्यानन पुलजस्ता संरचनाहरूले पूर्वाधारको क्षेत्रमा चीनले गरिरहेको चमत्कारलाई दर्शाउँछन् ।

यद्यपि त्यहाँ चीनले जसरी जंगलले भरिएको पहाड ताछेको छ, त्यसबाट पक्कैपनि ठूलो मात्रामा जैविक विविधता विनाश भई पर्यावरणमा क्षति पुगेको छ । त्यसैले वातावरणविदहरूले उक्त राजमार्ग परियोजनाको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?