+
+
Shares

दशकपछि दीपाश्री र नीताको सहकार्य तय, साइन् गरिन् ‘पार्वती’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'पार्वती'मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्मात्री नीता ढुंगानासँग लिखित सहमति गरेर अनुबन्धित भएकी छन्।
  • निर्मात्री नीता ढुंगानाले दीपाश्रीलाई आफ्नो प्रोजेक्टमा पाउँदा ठूलो कुरा भएको बताउनुभयो।
  • फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ र सहायक निर्देशकमा चर्चित डान्स ग्रुप 'कार्टुन्ज क्रू'का सरोज अधिकारी अनुबन्धित भएका छन्।

काठमाडौं । फिल्म ‘पार्वती’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्धित भएकी छन् ।

निर्मात्री तथा निर्देशक नीता ढुंगानासँग निरौलाको लिखित सहमति भएको छ । निर्माताले पठाएको इमेलमा दीपाश्री र नीताबीच समझदारी भएको देख्न सकिन्छ ।

यसअघि दीपाश्रीले नीताको फिल्म खेल्ने चर्चा लामो समयदेखि भैरहेको थियो । मंगलबार चाहिँ यी दुईबीच लिखित सहमति भएको छ ।

‘उहाँ मेरो प्रोजेक्टमा हुनु मेरो लागि ठूलो कुरा हो’ नीताले भनिन् । साइन गरेपछि दीपाश्रीले १२ वर्षअघि नीतासँगको सहकार्यको स्मरण गरिन् ।

२०७० सालमा रिलिज भएको फिल्म ‘६ एकान ६’मा दीपा र नीताले सहकार्य गरेका थिए ।

‘अहिले यो साउनको महिना । शिव-पार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाएँ । धन्यवाद, मलाई सम्झेकोमा’ उनले भनिन् ।

यसैसाता चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्धित भएका थिए ।

फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्ममा नीता, दीपाश्रीबाहेक अन्य कलाकारको नाम भने खुलाइएको छैन ।

दीपाश्रीको कुरा गर्दा, उनले पछिल्लोपटक फिल्म ‘छक्कापञ्जा ५’ निर्देशन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?