+
+
Shares

अमेरिकामा ‘छक्कापञ्जा टूर’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको टेक्सास अस्टिनमा ‘छक्कापञ्जा टूर’ आयोजना हुने भएको छ।
  • दीपक गिरी, दीपाश्री निरौला र अन्य कलाकारहरू सहभागी हुनेछन्।
  • टूरको मिति ९ अगस्ट तय भए पनि भिसा प्रक्रियामा निर्भर रहनेछ।

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौलासहितका कलाकार अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा टूर’मा सहभागी हुने भएका छन् ।

९ अगस्टमा अमेरिकाको टेक्सास राज्यको अस्टिनमा टूर आयोजना हुँदैछ । दीपक-दीपाको हिट फिल्मकै नामबाट टूरलाई नामाकरण गरिएको हो ।

अहिलेसम्म उक्त मितिमा टूर हुने बताइएपनि सबै कुरा भिसा लगायतका प्रक्रियामा निर्भर हुनेछ । ‘हो, हामीले उक्त मितिमा टूर गर्दैछौं’ अनलाइनखबरसँग कलाकार गिरीले भने ।

यसअघि उक्त टूरको नाम ‘तीते जिरे’ राखिएको थियो । टूरमा दीपक, दीपासहित जितु नेपाल, सीताराम कट्टेल, कुञ्जना घिमिरे, मीना निरौला, आसिफ शाह सहभागी हुने जनाइएको छ ।

ग्रेटर अस्टिन नेप्लीज च्याम्बर अफ कमर्सले टूर आयोजना गर्न लागेको हो । ‘मैले राजा पात्रको रुपमा दर्शकसँग अन्तक्रिया गर्नेछु’ टूरमा आफ्नो भूमिकाबारे दीपकले भने ।

उक्त कार्यक्रम डेसाउ इभेन्ट सेन्टरमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?