+
+
Shares

घरको सेफ्टिक ट्यांकीमा मृत भेटिए पेटी ठेकेदार र कामदार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:१८
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा नयाँ घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव फेला परेको छ।
  • शव फेला परेका श्यामबहादुर तामाङ घर बनाउने पेटी ठेकेदार र रमेश राई कामदार हुन्।
  • सुनसरी प्रहरीले फरेन्सिक विज्ञसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले जानकारी दिए।

२८ साउन, विराटनगर । सुनसरीको दुहबीमा नयाँ बन्दै गरेको घरको सेफ्टिक ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ ।

दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टिक ट्यांकीभित्र बुधबार बिहान १० बजे दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हाे ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् ।

शव भेटिएपछि घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेकाे डीएसपी खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?