
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए।
- अध्यक्ष लिङ्देनको निर्देशनपछि असन्तुष्ट पक्षले नयाँ २८ सदस्यीय समिति ज्योति लामाको अध्यक्षतामा गठन गरेको छ।
- असन्तुष्ट पक्षले निर्वाचन समिति गठनप्रति प्रश्न उठाउँदै अधिवेशनमा हो-हल्ला गरेको थियो।
२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न दिएको निर्देशनलाई असन्तुष्ट पक्षले अस्वीकार गरेको छ ।
काठमाडौंको चाबहिलमा बुधबार बोलाइएको सम्मेलनम दुई पक्षको विवाद भएको थियो ।
अधिवेशनमा हो-हल्ला भएपछि पार्टी अध्यक्ष लिङ्देनले स्थगित गर्न निर्देशन दिएका थिए ।
अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिए लगत्तै असन्तुष्ट पक्षले नयाँ समिति गठन गरेको छ ।
ज्योति लामाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको घोषणा गरिएको छ ।
तीन सदस्यपछि थप गर्ने गरी २५ जनाको समिति सार्वजनिक गरिएको छ । अध्यक्ष बाहेकका अन्यलाई सदस्यको जिम्मेवारी दिइएको छ ।
असन्तुष्ट पक्षले निर्वाचन समिति गठनप्रति प्रश्न उठाउँदै हो-हल्ला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4