+
+
Shares

‘हिमालय रोडिज सिजन ७’को साझेदार बन्यो एआईटीएम कलेज

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय रोडिज सिजन ७ को शैक्षिक साझेदारको रुपमा एआईटीएम कलेज जोडिएको छ।
  • एआईटीएम कलेजले विद्यार्थीलाई वास्तविक जीवनका चुनौती र व्यवसायिक दक्षता सिकाउने लक्ष्य राखेको छ।
  • यो साझेदारीले विद्यार्थीलाई कक्षाकोठासँग प्रत्यक्ष परिचित गराउने र व्यक्तिगत विकासमा योगदान पुर्‍याउनेछ।

काठमाडौं । ‘हिमालय रोडिज सिजन ७’को शैक्षिक साझेदारको रुपमा ‘एआईटीएम कलेज’ जोडिएको छ ।

जारी प्रेस विज्ञप्तिमा हिमालय टिभी र उक्त कलेजबीचको विशेष साझेदारीअन्तर्गत उक्त सम्झौता भएको उल्लेख छ ।

‘यस साझेदारीको घोषणा गर्दै एआईटीएम कलेजले आफ्ना विद्यार्थीलाई केवल किताबको पानामा सीमित नराखी, वास्तविक जीवनका चुनौतिहरू, सिर्जनात्मकता र व्यवसायिक दक्षता सिकाउने लक्ष्य राखेको जनाएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

कलेजका प्रतिनिधिका अनुसार यो साझेदारीले विद्यार्थीलाई कक्षाकोठाको संसारसँग प्रत्यक्ष परिचित गराउनेछ, जसले उनीहरूको व्यक्तिगत र व्यवसायिक विकासमा योगदान पुर्‍याउनेछ ।

‘हामी केव विद्यार्थीलाई डिग्री दिन चाहन्नौं । हामी उनीहरूलाई आजको प्रतिस्पर्धात्मक व्यवसायिक संसारमा सफल हुने स्तरको सिर्जनात्मकता र आत्मविश्वास दिन चाहन्छौं’ कलेजका सीइओ डा. रोशन राठीले भने, ‘हिमालय रोडिजजस्तो कार्यक्रमले वास्तविक चुनौति, टिमवर्क, नेतृत्व र समस्या समाधान गर्न सीप सिकाउने सुनौलो अवसर प्रदान गर्छ ।’

हिमालय टिभीका प्रतिनिधिले भने, ‘रोडिज केवल मनोरञ्जन होइन, यो युवापुस्ताको आत्मखोज, साहस र क्षमताको यात्रा हो । एआईटीएम कलेजजस्तो अग्रणी शैक्षिक संस्थासँगको सहकार्यले यो यात्रालाई अझ अर्थपूर्ण बनाउनेछ ।’

यो सहकार्यले शिक्षा, मनोरञ्जन र अनुभवलाई एकसाथ जोड्दै, नेपाली विद्यार्थीलाई प्रेरित गर्ने मात्र होइन, उनीहरूलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न तयार पार्ने उल्लेख छ ।

हिमालय रोडिजको सातौं सिजन भदौदेखि प्रसारण तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?