+
+
Shares

रास्वपामा दीपक बोहराको सह-कोषाध्यक्ष पद गुम्यो, अब केन्द्रीय सदस्य मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरेको छ।
  • पार्टीले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको विवरण निर्वाचन आयोगमा अध्यावधिक गर्न निवेदन दिएको थियो।
  • निर्वाचन आयोगले बुधबार नयाँ सूची कायम गर्दै बोहरालाई केन्द्रीय सदस्य कायम गरेको उल्लेख छ।

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।

आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ ।

रास्वपाको कोषाध्यक्षमा लिमा अधिकारी र सह-कोषाध्यक्षमा बसुमाया तामाङ छिन् । पार्टीमा एक जना मात्रै कोषाध्यक्ष राख्ने केन्द्री समितिको निर्णय अनुसार बोहरालाई कोषाध्यक्षबाट हटाइएको रास्वपाका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?