+
+
Shares

निर्वाचन आयोगले गर्‍यो रास्वपाको केन्द्रीय समिति अद्यावधिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १८:०१

२८ साउन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो ।

आयोगले रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार पदाधिकारी हेरफेरको अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् । प्रवक्तामा मनिष झा छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्रै रहेको अद्यावधिक गरिएको छ ।

सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा अनुसार उनी केन्द्रीय सदस्य मात्रै छिन् ।

अद्यावधिक गरिएको सूचीमा योजना आयोग पूर्व सदस्य अरनिको पाँडे समेत छन् ।

निर्वाचन आयोगले रास्वपामा पदाधिकारीमा भएको हेरफेर नभएको जानकारी गराएपछि त्यसको आधारमा पूर्वमहामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत गएका थिए । ढकालको रिट सर्वोच्चले मंगलबार खारेज गरेको छ ।

आयोगले अद्यावधिक गरेको केन्द्रीय समितिको नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?