+
+
Shares

मोडल उषा उप्रेतीले साइन गरिन् ‘आ बाट आमा’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीले दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ साइन गरेकी छन्।
  • ‘आ बाट आमा’ फिल्म चन्द्र पन्तले निर्देशन गर्नेछन् र भदौदेखि छायांकन सुरु हुनेछ।
  • फागुन १५ गते देशभर प्रदर्शनमा आउने ‘आ बाट आमा’ को वितरण अधिकार आरआर फिल्म्सले लिएको छ।

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीले दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ साइन गरेकी छन् ।

चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको शीर्षमध्येको भूमिकामा उनलाई अनुबन्धित गरिएको जनाइएको छ । उनको अघिल्लो फिल्म ‘आचार्य’को छायांकन भदौ ५ गतेदेखि सुरु हुँदैछ, जसलाई निखिल उप्रेतीले निर्देशन गर्दैछन् ।

‘आ बाट आमा’मा उषाको भूमिकाबारे खुलाइएको छैन तर महत्वपूर्ण भूमिका भनिएको छ ।

यसअघि यस फिल्मको अभिनय कलाकारमा पल शाह, सिम्रन पन्त, विपना थापा र दक्षिण भारतीय अभिनेता प्रदीप रावत अनुबन्धित भैसकेका छन् ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट सुरु गरिने निर्माण टिमले जनाएको छ ।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ । निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल र रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो ।

‘आ बाट आमा’ फागुन १५ गते देशभर प्रदर्शनमा आउने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?