
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको बताएकी छन्।
- डा. कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर छानबिन वातावरण सहज बनाउनु पर्ने माग राखेकी छन्।
- रास्वपाले ८० दिनदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएको छ।
२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनेकी छन्, ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो । तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन ।’
रास्वपाले भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिनको माग राख्दै आएको छ ।
यो विषयमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिनुपर्ने उनीहरूको आग्रह छ । यही माग राखेर रास्वपाले ८० दिनदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4