+
+
Shares

प्रिमियरकी श्रुति श्रेष्ठ वर्ल्ड स्कलर्स कप ‘हल अफ फेम’ सदस्य र ग्लोबल च्याम्पियन

१० जना विद्यार्थीको टोलीले कुल ९ स्वर्ण र ३९ रजत पदक जित्दै अमेरिकाको प्रतिष्ठित येल विश्वविद्यालयमा हुने ‘टुर्नामेन्ट अफ च्याम्पियन्स’ का लागि स्थान सुरक्षित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १३:५४

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले बैंककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हात पारेका छन् ।

१० जना विद्यार्थीको टोलीले कुल ९ स्वर्ण र ३९ रजत पदक जित्दै अमेरिकाको प्रतिष्ठित येल विश्वविद्यालयमा हुने ‘टुर्नामेन्ट अफ च्याम्पियन्स’ का लागि स्थान सुरक्षित गरेको छ ।

यस प्रतियोगितामा सबैभन्दा ठूलो सफलता कक्षा ११ की छात्रा श्रुति श्रेष्ठले प्राप्त गरेकी छिन् । उनी वर्ल्ड स्कलर्स कपको ‘हल अफ फेम’ मा स्थान बनाउने पहिलो नेपाली विद्यार्थी बनेर ऐतिहासिक कीर्तिमान कायम गरेकी हुन् ।

यसका साथै उनले ‘ग्लोबल च्याम्पियन स्कलर’ र ‘जेएसी खोर अवार्ड’ जस्ता सम्मान पनि जितेकी छिन् । श्रुतिले एक्लै ११ स्वर्ण र ४ रजत पदक जित्दै आफ्नो अद्वितीय प्रतिभा प्रदर्शन गरेको स्कुलले जनाएको छ ।

स्कुलका अनुसार विश्वका ३० देशका ५ हजार २ सयभन्दा बढी प्रतिभाशाली विद्यार्थीबीच भएको कडा प्रतिस्पर्धामा प्रिमियरको टोलीले उत्कृष्ट प्रदर्शन गरेको हो । टोलीका अन्य सदस्यको प्रदर्शन पनि प्रशंसनीय रहेको थियो ।

  • गरिमा रञ्जित (कक्षा १२) : १ स्वर्ण, ७ रजत
  • मन्त्र पोखरेल (कक्षा १०) : २ स्वर्ण, ६ रजत
  • सान्वी उपाध्याय (कक्षा १०) : १ स्वर्ण, ४ रजत
  • बिआंका पाल (कक्षा १०) : १ स्वर्ण, ४ रजत
  • सुप्रिणा अमी अधिकारी (कक्षा १०) : १ स्वर्ण, ४ रजत
  • संस्कृति अधिकारी (कक्षा ९) : १ स्वर्ण, ३ रजत
  • राचेल सापकोटा (कक्षा ९) : ३ रजत
  • सनातन न्यौपाने (कक्षा ७) र आरुष आचार्य (कक्षा ८) : समान २/२ रजत

उद्घाटन समारोहमा कक्षा १० की सान्वी उपाध्यायले नेपालको झन्डा बोकेर राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन् ।

स्कुलका अनुसार यो सफलताको आधार काठमाडौंमा सम्पन्न क्षेत्रीय चरण थियो, जहाँ प्रिमियरका विद्यार्थीले ५ सय ३५ स्वर्ण, ५ सय ११ रजत र ३२ वटा ट्रफी जितेर ग्लोबल राउन्डको ढोका खोलेका थिए ।

वर्ल्ड स्कलर्स कप विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्केर विश्वव्यापी मामलामा बहस, रचनात्मक लेखन र सामूहिक समस्या समाधान जस्ता गतिविधि मार्फत आलोचनात्मक सोच र नेतृत्व विकास गराउने अन्तर्राष्ट्रिय प्लयाटफर्म हो ।

अब प्रिमियर टोली डिसेम्बर ८ देखि १४ सम्म येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्समा सहभागी हुन अमेरिका जाने तयारीमा छ । त्यहाँ उनीहरूले विश्वभरिका उत्कृष्ट स्कलरहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?