
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पोखरामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध परेको निवेदनमाथि सुनुवाइ सुरु भएको छ।
- जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो र सरकारी वकिलहरूले आदेश बदर गरी थुनामा राख्न माग गरेका छन्।
- सरकारी वकिलहरूले बहस सकेपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
२९ साउन, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ सुरु भएको छ ।
मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा सुरुमा सरकारी वकिलहरूले बहस गरेका छन् । त्यसपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
जिल्ला अदालत कास्कीले २५ पुस, २०८१ मा सूर्यदर्शन सहकारीको रकम ठगी गरेको आरोप लागेका पूर्वगृहमन्त्री लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
जिल्ला अदालत कास्कीको आदेश विरुद्ध सरकारी वकिलहरू उच्च अदालत पोखरा पुगेका थिए । उनीहरूलाई जिल्लाको आदेश बदर गरी रविलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4