+
+
Shares

अध्यागमन जाँचमा शंकास्पद कागजात भेटिए सिधै प्रहरीको जिम्मा लगाउने निर्णय

जुनसुकै निकायले फिर्ता गर्दा पनि कारण खुलाएर कागज दिनुपर्ने

विभागका निर्देशक टिकाराम ढकालका अनुसार, भिजिट भिसाका नाममा भएको विकृतिलाई सुधार गर्ने अभियान अन्तरगत यो निर्णय लिइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १६:२३

२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाइने भएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरुप सर्वपक्षीय छलफलपछि यो निर्णय लिइएको हो ।

‘कतिपयको कागजातमा कैफियत देखिन्छन्, एनओसी नक्कली हुन्थ्यो । अहिलेसम्म त्यस्तो अवस्थामा फिर्ता पठाएर यत्तिकै छाड्ने गरिएको थियो,’ उनले भने, ‘अब चाहिँ फिर्ता हुनेहरुलाई प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ ।’

त्यसअन्तरगत शंकास्पद कागजात भएका दुई जनालाई बिहीबार मात्र जिम्मा लगाइएको छ । विभागका निर्देशक टिकाराम ढकालका अनुसार, भिजिट भिसाका नाममा भएको विकृतिलाई सुधार गर्ने अभियान अन्तरगत यो निर्णय लिइएको हो ।

‘विमानस्थलमा एक सय बढी एजेन्सी खटिएका छन्, त्यहाँ एयरलाइन्सदेखि प्रहरीसम्मले पनि कुनै विषयमा कैफियत देखिए फिर्ता गर्छन्,’ उनले अनलाइनखबरसँग भने, ‘तर, अधिकांश समय मानिसहरुलाई अध्यागमनले फिर्ता गर्‍यो भन्ने पर्ने गर्छ ।’

त्यसका लागि कसैलाई फिर्ता गर्दा त्यसको कारणसमेत खुलाएर कागज अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको ढकालले बताए ।

विभागका महानिर्देशक तिवारीले जिम्मेवारी सम्हालेयता अध्यागमनमा मात्र सुधार गरेर भिजिट भिसाका नाममा देखिएको समस्या समाधान नहुने भन्दै विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । त्यही छलफलपछि यी निर्णयहरु लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?