+
+
Shares

नेपालमा दर्ता हुने पानीजहाजमा राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने

प्रस्तावित विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज र व्यापारिक पानीजहाज भनेर दुई प्रकृतिको परिकल्पना छ । व्यापारिक पानीजहाज नेपाल बाहिरको समुन्द्रमा सञ्चालन हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १९:३०
फाइल तस्वीर

२९ साउन, काठमाडौं। नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको  राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने भएको छ ।  यो प्रावधानलाई बाध्यकारी बनाउने गरी पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको छ ।

प्रस्तावित विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज र व्यापारिक पानीजहाज भनेर दुई प्रकृतिको परिकल्पना छ । व्यापारिक पानीजहाज नेपाल बाहिरको समुन्द्रमा सञ्चालन हुनेछ ।

प्रस्तावित विधेयकमा झण्डा राख्खु पर्ने सम्बन्धी छुट्टै दफा छ । जहाँ भनिएको छ, ‘यस ऐन बमोजिम दंर्ता भएको प्रत्येक व्यापारिक पानीजहाजमा पानीजहाजको आकारको अनुपातमा कार्यालयले स्वीकृत गरेको आकारको नेपालको झण्डा राखु पर्नेछ ।’

नेपालको झण्डा पानीजहाजको राष्ट्रियताको चिह्न हुनेछ । नेपालको झण्डाले पानीजहाजलाई विदेशी बन्दरगाह वा समुद्रमा रहँदा अन्तर्राष्ट्रिय महासन्धि बमोजिमको सुविधा तथा सम्मानको अधिकार प्राप्त हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?