
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य एक सातामा ३ हजार २ सय रुपैयाँ घटेको छ।
- चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर २३१५ रुपैयाँ पुगेको छ।
३० साउन, काठमाडौं । एक सातामा सुनको भाउ ३ हजार २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३४० रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4