
News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित गायक तथा संगीतकार आशिष अविरलले मेरिल्याण्डको बाल्टिमोरमा 'रागा एन्ड आरएल स्टुडियो अमेरिका' संचालनमा ल्याएका छन्।
- आशिष अविरलले 'द लस एन्जलस' ब्याण्डका गायक राजु लामासँग सहकार्यमा यो स्टुडियो स्थापना गरेको बताएका छन्।
- संगीतकार अविरल ग्रीनकार्डमा अमेरिका पुगेका हुन् र चाँडै परिवारलाई पनि त्यता लग्ने तयारीमा छन्।
काठमाडौं । चर्चित गायक तथा संगीतकार आशिष अविरलले अमेरिकामा सांगीतिक स्टुडियो सञ्चालनमा ल्याएका छन् ।
‘द लस एन्जलस’ ब्याण्डका गायक राजु लामासँग मिलेर उनले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा ‘रागा एन्ड आरएल स्टुडियो अमेरिका’ संचालनमा ल्याएका हुन् ।
स्टुडियो उद्घाटन समारोहमा बाल्टिमोरमा बसोबास गर्ने नेपाली कलाकारलाई देख्न सकिन्छ । गायक लामा चर्चित अभिनेत्री पूजा चन्दका श्रीमान समेत हुन् ।
नेपालमा पनि आशिषको रागा स्टुडियो संचालनमा छ । सामाजिक संजालबाट आशिष अविरलले आफू जहाँ भएपनि गीतसंगीतमै तल्लिन हुने बताएका छन् ।
उनी लेख्छन्, ‘ अब रागा स्टुडियो अमेरिकामा पनि ! नेपाली गीत संगीतकै यात्रामा म अमेरिकासम्म आको छु । जे छु गीत संगीतकै कारण छु । जे गर्ने छु । गीतसंगीत नै गर्ने छु । नेपाली गीत संगीतको सृजनामा हरदम तल्लीन हुनेछु । म अनि द एन्जलस ब्याण्डका राजु लामाज्यूको सहकार्यमा हामी यो संगीत कर्मलाई अघि बढ़ाउनेछु ।’
स्रोतका अनुसार, संगीतकार अविरल ग्रीनकार्डमा अमेरिका पुगेका हुन् । चाँडै उनले परिवारलाई पनि त्यता लग्ने बुझिएको छ । अविरलले १० हजार हाराहारीमा गीत कम्पोज गरेका छन् ।
प्रतिक्रिया 4