News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका दुई तेक्वान्दो खेलाडी प्रभुराम केसी र सस्मन बस्नेत १६ र १७ अगस्टमा चीनको निंगबोमा हुने एसियन आईटीएफ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
- प्रशिक्षक लक्ष्मण बस्नेतसहित तीन सदस्यीय टोली चीन पुगिसकेको छ।
- बस्नेतले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी नेपालका लागि पदक जित्नेमा आशावादी रहेको बताएका छन्।
३० साउन, काठमाडौं । यही अगस्ट १६ र १७ मा चीनको निंगबो शहरमा आयोजना हुने एसियन आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
२ खेलाडी र प्रशिक्षक लक्ष्मण बस्नेत सहितको तीन सदस्यिय टोली चीन पुगिसकेको छ ।
पुरुष व्यक्तिगत स्पाइरिङ ५८-६२ केजी तर्फ नेपालका प्रभुराम केसी र ७२-७४ केजी तर्फ सस्मन बस्नेतले प्रतिशपर्धा गर्ने छन ।
बस्नेतले प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी नेपालको लागी पदक जित्नेमा आशावादी रहेको बताएका छन् ।
प्रतिक्रिया 4