+
+
Shares

‘नेपालीहरूमा मानसिक रोग बढ्दै गयो, रोक्ने योजना के छ ?’

शुक्रबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले ‘समाजमा बेरोजगारी, आर्थिक संकट, पारिवारिक तनाव, लागू औषध सेवन आदिका कारण मानसिक रोगको संख्या बढ्दै गएको’ बताइन् । यी कारणले आत्महत्याको दर समेत चिन्ताजनक रुपमा बढ्दै गएको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गरिन्।
  • उनीहरूले बेरोजगारी, आर्थिक संकट, पारिवारिक तनाव र लागू औषध सेवनलाई मानसिक रोग बढ्ने कारण बताए।
  • ग्रामिण क्षेत्रमा उपचार सेवा अभाव र मनोचिकित्सक थोरै भएको भन्दै प्रभावकारी योजना बनाउन सरकारसँग माग गरिन्।

३० साउन, काठमाडौं । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले नेपालीहरूमा मानसिक समस्या बढ्दै गएको भनेर सरकारको ध्यानाकर्षण गरेकी छन् । यसलाई रोक्ने योजना बनाएर प्रभावकारी रुपका कार्यान्वयन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

शुक्रबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले ‘समाजमा बेरोजगारी, आर्थिक संकट, पारिवारिक तनाव, लागू औषध सेवन आदिका कारण मानसिक रोगको संख्या बढ्दै गएको’ बताइन् । यी कारणले आत्महत्याको दर समेत चिन्ताजनक रुपमा बढ्दै गएको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।

खासगरी युवाहरू यस्तो समस्याबाट पीडित रहेको उल्लेख गर्दै उनले भनिन्, ‘मानसिक रोगका लागि सेवा दिने अस्पतालहरू सीमित छन् । मनोचिकित्सक पनि अत्यन्त थोरै भएको हुँदा उपचारको अवस्था कमजोर छ ।’

ग्रामिण क्षेत्रमा मानसिक रोगको उपचार सेवा पुग्न नसकेको पनि उनले बताइन् । ‘तसर्थ मनोचिकित्सक विशेषज्ञ, परामर्श दाता र उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाका लागि सरकारसँग माग गर्दछु’ उनले भनिन् । यो जटिल समस्या भएकाले बेलैमा ध्यान दिएर सरकारले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?