
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रीसमा आयोजित १२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवाड्र्समा नेपाली छोटो फिल्म 'कलर अफ टी' पुरस्कृत भएको छ।
- फिल्म 'कलर अफ टी'ले मधेशका दलित आदिवासीको जातीय भेदभाव विरुद्धको मौन विद्रोहको कथा भन्छ।
- लेखक राज सरगमको फिल्मले कोरियाको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट पुरस्कार जितेको र जर्मनीको महोत्सवमा क्वार्टर फाइनल पुगेको छ।
काठमाडौँ । ग्रीसमा आयोजित ‘१२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवाड्र्स’मा नेपाली छोटो फिल्म ‘कलर अफ टी’ पुरस्कृत भएको छ ।
महोत्सवले वेबसाइटमा आधिकारिक रूपमा पुरस्कृत फिल्मको सूची सार्वजनिक गर्दै लेखेको छ, ‘दोस्रो महोत्सव पुरस्कार राज सरगम (नेपाल)द्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय छोटो फिल्म ’कलर अफ टी’लाई जान्छ ।
१२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवाड्र्सले ग्रीसमा विश्वभरका उत्कृष्ट लामा र छोटा वृत्तचित्र र लघु चलचित्रलाई आफ्नो प्रतिस्पर्धात्मक खण्डमा प्रदर्शनको लागि प्रवर्धन गर्दछ ।
’कलर अफ टी’ले मधेशका ती दलित आदिवासीको कथा भन्छ जो जातीय भेदभावलाई निरन्तरता दिने सूक्ष्म आक्रमकता र हिंसाविरुद्व मौन विद्रोह गर्दछ ।
लेखक तथा पत्रकार राजको यही फिल्मले गत जुलाईमा कोरियामा दिगो विकास लक्ष्य २०२५ को लागि ’कोरिया ग्योङ्गी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा उत्कृष्ट पुरस्कार जितेको थियो ।
साथै, यो फिल्म जर्मनीमा सेप्टेबरमा हुने ’कोबानी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा क्वार्टर फाइनलमा पुग्न सफल भएको छ ।
प्रतिक्रिया 4