+
+
Shares

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते २१:०७

३० साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेल/मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

समायोजन गरिएको नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य क्षेत्रगतरूपमा छुट्टाएर बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?