+
+
Shares

रास्वपाको १९० सिट आउने भएर कांग्रेस-एमालेको मनमा ढ्यांग्रो पिट्न थाल्यो : खनाल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १६:००

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ०८४ पछि रास्वपाका सांसदहरूको संख्या धेरै भए आफूहरूलाई अप्ठ्यारो पर्ने भन्दै पुराना दलहरू डराएको बताएका छन् ।

शनिवार काठमाडौंमा जडिबुटीमा मेलुङ शैलुङ—काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रो १९ जना देखेर डराएका होइनन्, हामी १९ जनाले पनि तर्साइ त राखेका छौं तर उहाँहरूको मना के ढ्याँग्रो पिट्न थाल्यो भने, १९ को सट्टा १९० आउने भए यिनीहरू,’ सांसद खनालले भने, ‘१९ को सट्टा अब ०८४ मा १९० हुने भए । १९ ले त यस्तो धौ–धौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला ?’

१९ जना सांसदहरूले अहिलेका बाँकी सांसदहरुलाई चुनौती दिइरहेको सांसद खनालको भनाइ थियो ।

संसदमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको काम रास्वपाका सांसदहरुमाथि गाली गर्ने मात्रै भएको जिकिर उनले गरे ।

‘किन कांग्रेस र एमाले संसदमा हामीलाई मात्रै गाली गर्दछन्, प्रधानमन्त्री, मन्त्री, सांसदहरू अहिले संसदमा हेर्नुभयो भने आज राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै गाली खान्छ, यस्तो देखिँदैछ,’ उनले भने ।

एमाले र कांग्रेसका नेताहरूले देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर गाली गर्ने गरेको उनले आरोप लगाए ।

‘आज राष्ट्रिय स्वतन्त्र पार्टी आज देशको प्रमुख प्रतिपक्ष दल नै हो जस्तो भान हुन्छ । तर संख्याको हिसाबले त होइन । तर संख्याको हिसावले त होइन । संख्याको हिसावले हामी जम्मा २१ जना सांसद हो,’ त्यसमाथि रविजीलाई निलम्बित गरिदिएका छन् । एक जना उपसभामुख हुनुहुन्छ, बाँकी रहेको १९ जना । १९ जनामाथि यति गाली बर्सिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?