+
+
Shares

देवदहमा बाल गोपाल शिश महल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १९:३१

३१ साउन, बुटवल । रुपन्देही देवदहको शित्तलनगरमा ७५ लाख लागतमा बनेको  बाल गोपाल शिस महल  सञ्चालनमा आएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  दुर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको  शिश महलको कृष्ण जन्माष्टमीको अवसरमा उद्घाटन गरिएको छ ।

दुर्गा मन्दिर संरक्षण समितिले थालेको मणिदीप धाम निर्माणको परिकल्पना अन्तरगत नै मन्दिर परिषरमा बालगोपाल शिश महल निर्माण भएको हो ।

लुम्बिनी प्रदेशको पहिलो दाबी गरिएको शिश महलभित्र कृष्णको बाललिला, बाल गोपीनि लिला, कालिनाग मर्दन, कृष्ण विराट स्वरुप लगायतका कलाकृतिहरु  बनाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए ।

देवदह मणिदीप गुरुयोजना अन्तरगत मन्दिर हाताभित्र अर्जुनरथ, बुद्धबिहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेशद्वारलगायतका पुर्वाधारहरु निर्माण गरिएको छ ।

शिश  महल उद्घाटनकै अवसरमा संघीय सांसद छविलाल विश्वकर्माले मन्दिर परिषरभित्रै रहेको बुद्ध बिहारको उद्घाटन गरेका छन् । उनले शिस् महल र  बुद्ध विहारले देवदह क्षेत्रको धार्मिक पर्यटन विकास महत्वपुर्ण भुमिका खेल्ने बताए  ।

नगर प्रमुख  ध्रुव खरेलले  देवदहलाई सांस्कृतिक धार्मिक पर्यटनको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देवदहमा रात विताउने र विश्रामस्थलको विकास गर्ने योजना रहेको बताए ।

शिश महल अवलोकनका लागि साधारण टिकट दर ५० रुपैपाँ तथा  विद्यार्थी, असहाय र वृद्धवृद्धाका लागि ३० रुपैयाँ तोकिने कोषाध्यक्ष दीनानाथ  सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?