+
+
Shares

एमालेकाे सर्त मान्र मेयर तयार भएपछि पारित भयो इटहरीको बजेट

इटहरीमा एमालेको बहुमत छ, बहुमत सदस्यको विरोधपछि मेयर हेमकर्ण पौडेल विनियोजन शीर्षकको अनुसूची ल्याउन तयार भएपछि नगर सभामा पेस भएको ५३ औं दिनमा शनिबार बजेट पारित भएको हो ।

हरि अधिकारी हरि अधिकारी
२०८२ साउन ३१ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट ५३ औं दिनमा पारित गरेको छ।
  • एमालेबाट निर्वाचित जनप्रतिनिधिले बजेटको विनियोजन अनुसूची बनाउन पाउनुपर्ने सर्त राखेका थिए, जसमा मेयर हेमकर्ण पौडेल तयार भए।
  • बजेटमा चालु खर्च १ अर्ब ४ करोड ११ लाख १० हजार, वित्तिय व्यवस्थापन ९० र पूजीगत १ अर्ब ५० करोड १९ लाख ९० हजार विनियोजन गरिएको छ।

३१ साउन, विराटनगर । इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । १ महिना बजेट शून्यताको अवस्थापछि शनिबार बसेको १६औं नगरसभाको बैठकले बजेट पारित गरेको हो ।

संविधानत: १० असारमा बजेट पेश गरेर असार मसान्तसम्म पारित गर्नुपर्छ । तर इटहरीमा विनियोजनको अनुसूची बिना बजेट पेश भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।

इटहरीमा एमालेको बहुमत छ, बहुमत सदस्यको विरोधपछि मेयर हेमकर्ण पौडेल विनियोजन शीर्षकको अनुसूची ल्याउन तयार भएपछि नगर सभामा पेस भएको ५३ औं दिनमा शनिबार बजेट पारित भएको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीका अनुसार शुक्रबार विनियोजनसहितको अनुसुची नगरसभामा पेश भएको थियो । शनिबार सामान्य संशोधनसहित बजेट पारित भएको उनले बताए ।

‘पहिले अनुसूची बक्समा(एकमुष्ट) राखेर ल्याउन खोजिएको थियो, अनुसूची पेश नभएका कारण बजेट रोकिएको थियो,’ उनले भने,‘ अहिल शीर्षक तोकेर विनियोजनको अनुसूची बनाएपछि बजेट पारित भयो ।’

एमोलबाट निर्वाचित जनप्रतिनिधिले उपप्रमुख संगीताकुमारी चौधरीले बजेटको अनुसूची बनाउन पाउनुपर्ने सर्त राखेका थिए । यो सर्त मान्न मेयर हेमकर्ण पौडेल तयार भएपछि बजेट निर्माणको गाठो फुकेको थियो । यो सहमति जुटाउनका लागि पटक–पटक दुवै पक्षको छलफल भएको थियो ।

आर्थिक वर्ष २०८२–८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत भएको थियो । बजेट पारित गर्दाको मिति भने १० असार नै राखिएको छ । नगरसभा स्थगीत भएका कारण ब्यानरमा पुरानै मिति राखिएको हो ।

इटहरीको बजेटमा चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार, वित्तिय व्यवस्थापन तर्फ ९० र पूजीगत तर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार बिनियोजन भएको थियो । चालु आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख संगीताकुमारी चौधरीले जानकारी दिएकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउन र पारित गर्न नसेका स्थानीय तहहरुमा सहजीकरणका लागि टोली खटाएको थियो ।

इटहरीमा बजेट सहजीकरणका लागि आइतबार टोली आउने तयारी थियो । तर टोली आउनु भन्दा एक दिनअघि नै सहमतिका आधारमा बजेट पारित गरेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?