+
+
Shares

दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ।
  • योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले भदौ २१ गतेभित्र आवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
  • महाप्रबन्धक पदका लागि स्नातकोत्तर तहको प्रशासन, व्यवस्थापन वा नुकान विषयमा योग्यता र ३० देखि ६० वर्ष उमेरसीमा तोकिएको छ।

१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को रिक्त रहेको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले आज आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको हो । सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजको मितिले २१ दिनभित्र अर्थात् भदौ २१ गतेभित्र आफ्नो आवेदन पेश गरिसक्नुपर्नेछ ।

आवेदन फारम मन्त्रालयको सिंहदरबारस्थित कर्मचारी प्रशासन शाखा (बोर्डरसंस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी कार्यालय समयभित्र बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

महाप्रबन्धक पदका लागि एक जनाको माग गरिएको छ । यदि दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

शैक्षिक योग्यताका हकमा प्रशासन, व्यवस्थापन वा नुकान विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने छ । उमेर ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?