+
+
Shares

‘शार्क ट्यांक नेपाल’का एपिसोडलाई ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा हेर्न सकिने

प्राविधिक कारणले पछिल्ला एपिसोड हिमालय टिभीको युट्युबमा आउन नसकेपनि आउने सातादेखि भने दर्शकले हिमालय टिभीकै युट्युब च्यानलमा निरन्तर हेर्न पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का पछिल्ला दुई एपिसोड भारतको सोनी टिभीले ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा अपलोड गरेको छ।
  • हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले प्राविधिक कारणले केही एपिसोड हिमालय टिभीको युट्युबमा आउन नसकेको र आगामी सातादेखि निरन्तर आउने जानकारी दिनुभयो।
  • कँडेलले ‘शार्क ट्यांक इन्डिया’मा नेपाली संस्करणका एपिसोड अपलोड हुँदा नेपाली शार्क ट्यांकको लोकप्रियता र ग्लोबल अपिलिङ बढ्ने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौं । लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का एपिसोडहरूलाई ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा समेत हेर्न पाइने भएको छ ।

‘शार्क ट्यांक नेपाल’का पछिल्ला दुई एपिसोड १३ र १४ लाई भारतको सोनी टिभीले ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा अपलोड गरेको छ ।

‘शार्क ट्यांक’को नेपालको आधिकारिक प्रसारण संस्था हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार ‘शार्क ट्यांक नेपाल’का अघिल्ला र आगामी एपिसोड पनि ‘शार्क ट्यांक इन्डिया’का युट्युब च्यानलमा आउनेछन् ।

उनका अनुसार प्राविधिक कारणले पछिल्ला एपिसोड हिमालय टिभीको युट्युबमा आउन नसकेपनि आउने सातादेखि भने दर्शकले हिमालय टिभीकै युट्युब च्यानलमा निरन्तर हेर्न पाउनेछन् ।

‘केही प्राविधिक कारण थियो । आउने सातादेखि हिमालय टिभीकै युट्युब च्यानलमा दर्शकले हेर्न पाउनुहुनेछ । साथै, शार्क ट्यांक इन्डियामा पनि हेर्न पाउनुहुनेछ’ उनले भने ।

कँडेलका अनुसार ‘शार्क ट्यांक इन्डिया’ले नेपाली संस्करणका एपिसोड अपलोड गर्दा यसले नेपाली शार्क ट्यांकको लोकप्रियता अझै वृद्धि हुने र ग्लोबल अपिलिङ प्राप्त हुने विश्वास व्यक्त गरे ।

‘नेपाली बिजनेसको कुरा पनि भारतीय दर्शकले हेर्न पाउनुपर्छ । यसले गर्दा भारतमा समेत नेपाली शार्क ट्यांकको प्रवर्धन हुने अपेक्षा हाम्रो छ’ उनले भने ।

‘शार्क ट्यांक नेपाल’ बुधबार र बिहीबार राती ९ बजेदेखि हिमालय टिभीमा प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?