News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको तेस्रो खेलमा मेलबर्न स्टार्ससँग खेल्दैछ।
- खेल डार्विनको टीआईओ स्टेडियममा नेपाली समयअनुसार सोमबार सवा ७ बजे सुरु हुनेछ।
- नेपालले हालसम्म दुई खेलमा पराजय भोगेको छ र आगामी खेलमा होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।
१ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग खेल्दै छ ।
डार्विनको टीआईओ स्टेडियममा हुने खेल विहान नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने स्टार्सको कप्तानमा बिग ब्यासका अनुभवी साम हार्पर छन् ।
नेपाल हालसम्म खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो ।
मेलबर्न स्टार्स भने पहिलो खेलमा आफ्नै शहरी प्रतिद्वन्द्वी मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित हुँदा दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई हराएको थियो ।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले खेलिरहेका छन् ।
नेपालले यसपछि होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
प्रतिक्रिया 4