+
+
Shares

अब उद्योगले एक पटकमा ५ लाख डलरको चाँदी आयात गर्न पाउने

यसअघि ३ लाख डलरको सीमा रहेकामा अहिले २ लाख डलर बढाएर ५ लाख पुर्‍याइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसाय गर्ने उद्योगलाई प्रतिपटक पाँच लाख अमेरिकी डलर बराबरको चाँदी आयात गर्न सटही सुविधा दिने व्यवस्था गरेको छ।
  • यसअघि तीन लाख डलर रहेको चाँदी आयात सीमा दुई लाख डलर बढाएर पाँच लाख डलर पुर्‍याइएको छ।
  • सुनचाँदी व्यवसायीले आयात गर्दा प्रतिपटक एक लाख डलर बराबरको सटही सुविधा पाउने व्यवस्था यथावत राखिएको छ।

१ भदौ, काठमाडौं । सुनचाँदी व्यवसाय गर्ने उद्योगले अब एक पटकमा ५ लाख अमेरिकी डलर (७ करोड रुपैयाँ) बराबरको चाँदी आयात गर्न पाउने भएका छन् ।

आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ।

चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन सम्बन्धित सुनचाँदी व्यवसाय गर्ने उद्योगलाई कच्चापदार्थका रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक ५ लाख डलर सटही सुविधा दिने व्यवस्था गरिएको हो ।

यसअघि ३ लाख डलरको सीमा रहेकामा अहिले २ लाख डलर बढाएर ५ लाख पुर्‍याइएको हो । तर, सुनचाँदी व्यवसायीले आयात गर्दा प्रतिपटक १ लाख डलर बराबरको सटही सुविधा पाउने व्यवस्था यथावत नै राखिएको छ ।

‘सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चापदार्थका रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा त्यस बराबर अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने छ,’ संशोधित एकीकृत परिपत्रमा उल्लेख छ, ‘अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?