+
+
Shares

एकीकृत समाजवादीको युवा संघमा पनि समानान्तर कमिटी, सञ्जीव राई संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १८:५८

१ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनमा पनि समानान्तर कमिटी बनेको छ ।

सञ्जीव राई अध्यक्ष रहनेगरी युवा संघ नेपालको समानान्तर कमिटी घोषणा गरिएको छ । संस्थापनको निर्णय सच्याउन राई समूहले २४ घण्टे अल्टिमेटम दिएको थियो ।

तर युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा भएको छ ।

केसीले जारी गरेको सर्कुलरमा राई सह–संयोजक र रोसन थापा संयोजक छन् । केसी अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् भने राई सम्मानित नेता झलनाथ खनाल पक्षका हुन् ।

 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?