+
+
Shares

क्याम्पस स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले शिक्षा, नेतृत्व, अनुसन्धान र राष्ट्र निर्माणमा युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको भन्दै खेलकुद गतिविधि विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण माध्यम भएको बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते २०:१९

१ भदौ, काठमाडौं। रत्नराज्यलक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ।

प्रतियोगिता भदौ २२ गतेदेखि सुरु हुने छ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले शिक्षा, नेतृत्व, अनुसन्धान र राष्ट्र निर्माणमा युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको भन्दै खेलकुद गतिविधि विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण माध्यम भएको बताए।

विद्यार्थीहरूले कक्षा कोठामा प्राप्त गरेको ज्ञानसँगै जीवन उपयोगी अनुभव हासिल गर्न यस किसिमका गतिविधिले ठूलो योगदान पुर्‍याउने विश्वास स्ववियुले गरेको छ।

प्रतियोगिताको पहिलो पुरस्कार ३ लाख, दोस्रो २ लाख र तेस्रो १ लाख रुपैयाँको साथै मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ। प्रतियोगिता एक सातासम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?