+
टप एन्ड टी-२० सिरिज :

टप एन्ड टी-२० सिरिजमा नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै

२०८२ भदौ  ३ गते ७:३० २०८२ भदौ ३ गते ७:३०
टप एन्ड टी-२० सिरिजमा नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ।
  • नेपालले तीन खेलमा लगातार पराजय भोगेको छ र हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ।
  • सिरिजमा ११ टोली सहभागी छन् र शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्।

३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् ।

नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

होबार्टले ३ खेलमा १ जित निकालेको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भयो ।

११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् । नेपाल हाल अंकविहीन रहँदै पुछारबाट दोस्रोमा छ ।

नेपालले यसपछि बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय