+
+
Shares

सेयर बजारबाट साउनमा उठ्यो २ अर्ब १५ करोड पूँजीगत लाभकर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन महिनामा सेयर बजारबाट २ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ।
  • गत वर्षको साउनमा ४ अर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो।
  • सेयर कारोबार गर्दा १ वर्षभन्दा कम अवधि होल्ड गरेर नाफामा ७.५ प्रतिशत र बढी अवधि होल्ड गरेर ५ प्रतिशत पूँजीगत लाभकर लाग्छ।

३ भदौ, काठमाडौं । सेयर बजारबाट साउन महिनामा उल्लेख्य पूँजीगत लाभकर संकलन हुने गरेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार यो वर्षको साउनमा २ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । एक महिनामा संकलन भएको यो पूँजीगत लाभकर गत वर्षको भदाैयताकै उच्च हो । गत वर्षको भदाैमा २ अर्ब ५७ करोड रुपैयाँ संकलन भएको थियो ।

मुख्यतः साउन महिनामा बजारको अंक उच्च र कारोबार पनि उच्च भएकाले पूँजीगत लाभकर पनि धेरै उठेको हो । साउन १३ गते नेप्से परिसूचक ३००२ अंक पुगेकोमा अहिले २७७० अंकमा छ ।

गत वर्षको साउनमा  ४ अर्ब २३ करोड पूँजीगत लाभकर संकलन भएको थियो । एक महिनामा संकलन भएको यो पूँजीगत लाभकर हालसम्मकै उच्च हो ।

गत आर्थिक वर्षभर बजारबाट कुल १६ अर्ब ५४ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । सेयर कारोबार गर्दा १ वर्षभन्दा कम अवधि होल्ड गरेर बेचेको अवस्थामा नाफाको ७.५ प्रतिशत र १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बेचेको अवस्थामा नाफाको ५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?