
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेको शरीरमा भिटामिन-डी कमी भएको रगत परीक्षणले देखाएको छ।
- उनलाई सोमबार स्वास्थ्य समस्या देखिएपछि राष्ट्रिय ट्रमा सेन्टरमा रगत जाँचका लागि पठाइएको थियो।
- चिकित्सकहरूले भिटामिन-डी कमीले हड्डी समस्या र रोगसँग लड्ने क्षमता कम हुने बताएका छन्।
३ भदौं, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने शरीरमा भिटामिन-डी कमी भएको पाइएको छ ।
सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।
रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी गएका थिए ।
अस्पताल स्रोतका अनुसार रगतमा रिर्पोटमा भिटामिन डी मात्रा कम देखिएको छ ।
‘उहाँमा अन्य केही यस्तो समस्या छैन । भिटामिन डीको कमी भएको देखियो’ स्रोतले भन्यो, ‘ खानपान नमिल्दा र घाममा नबसेका कारण भिटामिन कमी भएको हुनसक्छ ।’
आज उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जान लागेका छन् ।
चिकित्सकहरूका अनुसार, भिटामिन ‘डी’ को कमीले हड्डीको समस्या निम्त्याउँछ । भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम गरिदिन्छ । यसको कमीले हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन् ।
लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।
उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।
प्रतिक्रिया 4