+
+
Shares

उपसभामुख हटाउने हस्ताक्षरमा कांग्रेस विभाजित : शेखर समूहबाट बडू मात्रै

महामन्त्रीद्वय थापा र शर्मा पनि गएनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १४:३३
फाइल तस्वीर

३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयोजनका लागि भएको हस्ताक्षरमा नेपाली कांग्रेस विभाजित भएको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट जम्मा एक जनामात्रै सांसदले हस्ताक्षर गरेका छन् । कोइरालाको पक्षबाट सांसद दिलेन्द्र बडुलेमात्रै हस्ताक्षर गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहेको उनी पक्षधरका नेताहरूले बताउँदै आएका छन् ।

मंगलबार भएको हस्ताक्षरमा बडूमात्रै उपस्थित भएका हुन् । यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि मंगलबार हस्ताक्षर गरेनन् ।

महामन्त्री थापा उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर गर्ने निर्णय भएको सोमबार साँझको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि सहभागी थिएनन् ।

महामन्त्री थापाको पक्षमा रहेकी सांसद सपना राजभण्डारीले भने हस्ताक्षर गरेकी छिन् । यसअघि पोहोर भदौ २५ गते पनि उपसभामुख रानालाई हटाउने तयारी नेताहरूले गरेका थिए । त्यसबेला पनि शेखर कोइरालाले असहमति जनाएपछि रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?