+
+
Shares

कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १५:५८

३ भदौ, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए ।

‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्को काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन,’ उनले भने, ‘यो ०४८ सालदेखि नै चलेको चलन हो । आफ्ना दलले आफ्ना माननीयहरुको हस्ताक्षर लिइरहेको हुन्छ ।’

कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकैदिन पर्नु संयोगमात्रै भएको उनले बताए ।

‘कांग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकैदिन पर्‍यो होला । संयोग हो । हस्ताक्षरहरू विभिन्न काममा प्रयोग हुन्छन् । महाअभियोग, सरकार बदल्न प्रयोग हुन्छन्,’ उनले भने ।

सचिव भट्टराईले संसद भदौभर सञ्चालन हुने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?