+
+
Shares

रविलक्षित कांग्रेस सांसदको टिप्पणी- जेलमा ससुराली गएजस्तो हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १६:१८

३ भदौ, काठमाडौं । नेपाली कांग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने टिप्पणी गरेका छन् ।

सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले नेकपा एमाले र कांग्रेसलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू विकास भएको जिकिर गरे ।

‘एउटा कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । यो चाहीँ पार्टी गतिलो छ भनेर कुन चाहीँ छ उदाहरण दिनुस् न,’ सांसद थापाले भने, ‘व्यक्ति पनि एउटाको उदाहरण दिनुस् । जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरू चोर हुने, अहिले ठगे चाहीँ असल हुने ? भन्दै प्रश्न गरे ।

‘जेल त हामी पनि बसेका हौँ नि । त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरू चोर हुने, अहिले ठग चाहीँ असल हुने ?’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?