+
+
Shares

कांग्रेस बागमतीको प्रमुख सचेतकमा महर्जन

मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन्।
  • मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
  • प्रमुख सचेतक कञ्चनचन्द्र बादे सामाजिक विकासमन्त्री बनेपछि उनको ठाउँमा महर्जनलाई नियुक्त गरिएको संसदीय दलका सदस्य सचिव मिनकृष्ण महर्जनले जानकारी दिए।

३० साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् ।

मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचतेक कञ्चनचन्द्र बादे आज शुक्रबार सामाजिक विकासमन्त्री बनेपछि उनको ठाउँमा महर्जनलाई नियुक्त गरिएको संसदीय दलका सदस्य सचिव मिनकृष्ण महर्जनले जानकारी दिए ।

नेता बानियाँले काभ्रेका बादेलाई गत २३ साउनमा मात्रै प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।

सत्तारुढ दलका प्रमुख सचेतकलाई राज्यमन्त्री सरह सुविधा हुनेछ ।

हाल प्रमुख सचेतक नियुक्त महर्जन ७ जेठ २०८० मा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा पर्यटन, उद्योग तथा सहकारीमन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?