+

अन्तरविद्यालय बास्केटबलमा न्यु जेनिथको विजयी सुरुवात

२०८२ भदौ  ३ गते १८:२० २०८२ भदौ ३ गते १८:२०
अन्तरविद्यालय बास्केटबलमा न्यु जेनिथको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेस्रो न्यु जेनिथ कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा मंगलबार एभीएमलाई ४७–३८ ले पराजित गर्‍यो।
  • प्रतियोगितामा सिनियर ब्वाइजमा २४ र गल्र्समा १२ टिमले भाग लिएका छन् भने ब्वाइज फुटसलका विभिन्न उमेर समूहमा १३ देखि १६ टिम सहभागी छन्।
  • न्यु जेनिथ कपअन्तर्गत बास्केटबल र फुटसलका ५ विधामा प्रतिस्पर्धा भइरहेको छ र प्रतियोगिता भदौ १० गते सम्पन्न हुनेछ।

३ भदौ, काठमाडौं । आयोजक न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार विजयी सुरुवात गरेको छ ।

भुरुङखेलस्थित घरेलु कोर्टमा न्यु जेनिथले एभीएमलाई ४७–३८ ले पराजित गर्‍यो । न्यु जेनिथका अमित तामाङले २७ अंक जोडे ।

सिनियर ब्वाइजमै कन्स्टिलेसनले रेडियन्ट पब्लिकलाई ३४–३०, राराहिलले वीरसेबालाई ४०–२०, ज्ञान निकेतनले युरो स्कुललाई ६४–५७ र स्वर्णिमले बेबी एन्जललाई ३३–१८ ले हराए । कन्स्टिलेसनका कुशल श्रेष्ठले १६, राराहिलका कृष्णले ७, ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १७ र स्वर्णिमका प्रतीक महर्जनले १७ स्कोर गरे ।

गल्र्समा रेडियन्ट पब्लिकले नवीनज्योतिलाई १४–६, राराहिलले न्यु जेनिथलाई १०–२, केसीसीएसले युरोलाई १४–१० र स्वर्णिमले जेसिसलाई १९–२ ले पाखा लगाए । रेडियन्टकी सेजल रोकाले ९, राराहिलकी अलिशा ओलीले ८, केसीसीएसकी पुनम महर्जनले ७ र स्वर्णिमकी हिसी ल्हामु लामाले ११ अंक बटुले ।

न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा चेल्सी, रेडियन्ट, एआई, बेसिक, ब्रम्हकुञ्ज, मनास्लु, त्रियोग र एभीएम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जन र एडमिन हेड पुष्पलाल श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । न्यु जेनिथ कपअन्तर्गत बास्केटबलमा २ तथा फुटसलमा ३ विधामा प्रतिस्पर्धा भइरहेको छ ।

सिनियर ब्वाइज बास्केटबलमा २४ तथा गल्र्समा १२ टिमले भाग लिएका छन् । ब्वाइज फुटसलको यु–११ मा १३, यु–१३ मा १५ र यु–१६ मा १६ टिम सहभागी छन् । प्रतियोगिता भदौ १० गते सम्पन्न हुनेछ ।

न्यु जेनिथ कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय